बेलायतमा हिमपातका कारण हवाइ, बस र रेल सेवा नै प्रभावित [फोटो फिचर]

लन्डन । बेलायतमा आइतबार भारी हिमपात भएको छ । हिमपातका कारण हवाइ, बस र रेल सेवा नै प्रभावित भएको बेलायती अखवारहरुले जनाएका छन् । मौसमवीदहरुले यो अवस्था आइतबार रातीसम्म जारी रहने भविष्यवाणी गरेका छन् ।

स्कटल्याण्ड, वेल्स र नर्दन इंग्ल्याण्ड हिउंका कारण प्रभावित भएको बताइएको छ । वेल्समा २८ सेन्टिमिटर (११ इन्च) हिउं परेको समाचारमा उल्लेख छ । मध्य इंग्ल्याण्ड र वेल्समा २० सेन्टिमिटर हिउं परेको थियो ।

हिउंका कारण बर्मिंगहम, लुटन र स्टयानस्टेड विमानस्थलबाट हवाइ उडान नै स्थगित भए ।

तस्विरहरुः शिव भण्डारी