गृह जिल्लामै हारे रामचन्द्र पौडेल

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित भएका छन् । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेददवार पौडेल नेकपा एमालेका किसानकुमार श्रेष्ठसँग पराजित भएका हुन् । श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याउँदा पाैडेलले २७ हजार ६ सय ७५ मत मात्रै ल्याउन सके ।