गोरखा २ बाट डा. बाबुराम भट्टराई विजयी

गोरखा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई गोरखा क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई ६ हजार ८७४ मतान्तरले पराजित गरे ।

भट्टराईले ३१ हजार ८०७ र श्रेष्ठले २४ हजार ९३३ मत पाएका छन् ।