सुर्खेत- दैलेख क्षेत्र नं. २ मा ने क पा एमालेका यूवा नेता तथा वाम गठबन्धनका उम्मेदवार सुशील थापा विजयी भएका छन् ।
२७८६ मतको फराकिलो मतान्तरले निकट्तम प्रतिद्धन्दी नेपाली कांग्रेसका मधुविक्रम खनाललाई पछि पार्दै उनले जित हासिल गरेका हुन् ।
थापा निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क) बाट ११०८४ मतका साथ विजयी भएका हुन् । थापासँग पराजित भएका मधुविक्रम खनालले ८२९८ मत प्राप्त गरेका छन ।
अहिलेसम्म आएको मत परिणामअनुसार दैलेखको क्षेत्र नं. १ का दुवै क्षेत्रमा वाम गठबन्धनले विजय हात पारेको छ भने क्षेत्र नं. २ को प्रदेश (क) मा पनि शुसीलको विजयसँगै जीत वामगठबन्धनकै पोल्टामा परेको छ ।






