रुकुम। रुकुम पश्चिमको मुसिकोट नगरपालिका ६ मा शुक्रबार भएको दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
स्कारपियो जीप दुर्घटना हुँदा अरु तीन जना गम्भीर घाईते भएका छन् । रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमका लागि छुटेको ग १ ज ४२६० नम्बरको स्कारपियो जीप मुसिकोट नगरपालिका ६ डाडीगाउँस्थित सडकबाट करीब २०० मिटर तल खसेको थियो ।
मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका ६ का नविन श्रेष्ठ, उनकी श्रीमती अनिता प्रधान, मुसिकोट नगरपालिका १ का सुदन श्रेष्ठ, उनका बुवा शेरबहादुर श्रेष्ठ, जनक शाह, मुसिकोट नगरपालिका १ की सूर्यखा शाह र त्रिवेणी गाउँपालिका १ की यमुना मल्ल छन् । मृतक नविन श्रेष्ठ प्रहरी निरीक्षकसमेत हुन् ।






