लहान । श्रमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमानलाई गएराति प्रहरीले पक्राउ गरेको छ। घरायसी विवादपछि ३० वर्षीया समिला खातुनको गत मंगलबार घाँटी रेटेर फरार रहेका कल्याणपुर नगरपालिका– ६ भोक्राहाका हत्यारा पती ३५ वर्षीय ओली राइनलाई सिरहा प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय मिर्चैया र इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले धनुषाको गोपालपुरबाट राइनलाई पक्राउ गरिएको हो। रासस






