शिव भण्डारी,
लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित उपाध्यक्ष कुल आचार्यलाई बेलायतमा भब्य सम्मान गरिएको छ ।
ग्रीनफोर्डमा आइतबार एक कार्यक्रम आयोजना गरेर आचार्यलाई सम्मान गरिएको हो । अक्टोबरमा भएको एनआरएनए आठौं विश्व सम्मेलनमा ६ सय ४४ मत ल्याएर आचार्य निर्वाचित भएका थिए ।
एनआरएनएका पूर्वयूरोप संयोजक चिरञ्जीवी ढकालको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनए बेलायतका अध्यक्ष योगकुमार फगामी, महासचिव आर.के. त्रिपाठी,रामशरण सिमखडा,तमु धि लण्डन इकाईका अध्यक्ष दिपक गुरुङ (डेबिड) तेज गुरुङ, एनबीसी यूके अध्यक्ष मिलन घिमिरे, बिरेन खड्का, सनत गुरुङ, हरिसिहं थापा, सूर्य गुरुङ, मदन थापा, प्रकाश न्यौपाने,सोलिसिटर राजु थापा, ,दधि आचार्य, बिजन भट्ट राजेन्द्र पुढासैनी, कृष्ण तिमल्सिना, बिराज भट्ट, कृष्ण भट्ट पत्रकार भगिरथ योगी, खगेन्द्र नेपाली,नबिन पोखरेल,धुर्ब राज अर्याल,फडिन्द्र भट्टराई,शिव भण्डारी,वाचस्पति रेग्मी,बिपीन निरौला,एनआरएन यूकेका उपाध्यक्ष सुसिला राई, शेर सुनार, प्रेमगाह मगर,एनआरएनए यूकेको सामूहिक लगानी विभागका संयोजक गंगा राना,कमल पौडेल,पुरन गिरी, एकेन्द्र गुरुङ, दयानिधि सापकोटा, राजन खकुरेल, विष्णु खरेल, लक्ष्य गुरुङ, दासुराम पाण्डे, विष्णु सापकोटा, नायक ध्रुव दत्त, शिब कंडेल लगायत करिब एक सय पचास भन्दा बढीले आचार्यलाई बधाई तथा शुभकामना दिए।
सम्मान कार्यक्रममा को को उपस्थित थिए पुरा भिडियो हेर्नुस
एनआरएनएका अग्रजहरु तथा समाजसेवीहरुको उपस्थिति थियो । कार्यक्रममा आचार्यले निर्वाचनमा सहयोग गर्नेहरुप्रति धन्यवाद व्यक्त गर्दै बेलायतबासी नेपालीको शीर उचो पार्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसै बीच चाद लामाको डिजे संगै एनआरएनए यूकेका पूर्व महासचिव रामशरण सिम्खडाको व्यवस्थापनमा समाजसेवी एकेन्द्र गुरुङको जन्मदिन को बिशेष अवसरमा केक काटेर पनि मनाइयो । 
कार्यक्रममा केन्द्रिय सहकोषाध्यक्ष निर्वाचित सोम सापकोटा लाइ पनि भब्य सम्मान गरिएको थियो ।






