एमाले वेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्विरोध [भिडियो सहित]

amals 008लन्डन । बेलायतको नेपाली डायस्पोरामा आफ्नो छुट्टै पहिचान र कृयाशिल वेलायतस्थित नेकपा एमालेको भातृसंस्था एबम प्रवासी नेपाली मंच यूकेको चौथो अधिबेशन ह्यारो फुटबल क्लबमा भब्य रुपमा सम्पन्न भएको छ। . अधिवेसनले कामरेड राजेन्द्र पुडासैनी को नेतृत्वमा नया कार्य समिति चएंन गरेको छ।
नवनिर्वाचित कार्यसमितिलाई अधिवेसनका प्रमुख अतिथी तथा पार्टीका केन्द्रीय सचिव योगेश भट्टराई नेतृत्वको अध्यक्ष मन्डलले शपथ खुवाएको थियो ।

south onf 005२७ सदस्यीय यो कार्यसमितिको कार्यकाल ३ वर्ष रहनेछ

 

south onf 030अध्यक्ष पदका अर्का प्रत्याशी आङकल्जङ लामाले उम्मेदवारी फिर्ता लिएपछि पुडासैनी सर्वसम्मत भएका हुन् । उपाध्यक्षमा नारद भन्डारी,धनबहादुर क्षेत्री, रामजी बराल र कुमार केसी, महिला उपाध्यक्षमा सरस्वती केसी, महासचिवमा विजयविक्रम लिम्बु, सचिवमा हेम लिम्बु र डासु पाण्डे यस्तै सदस्यहरुमा मिलन घिमिरे,अर्जुन खतिवडा हरि आचार्य, कृष्ण भण्डारी, केदार थपलिया, कृष्ण तिवारी, नरेन्द्र कँडेल, याम भण्डारी, मुकुन्दराज बास्तोला, रमेशकुमार न्याैपाने, वसन्त नेपाल, जोनी पहारी, सुशीला राई, हरिगोविन्द गुरुङ, महेन्द्र केसी, विमला सुब्बा र उमेश मोक्तान रहेका छन् ।