यि हुन् इराकमा आत्महत्या गरेकी नेपाली चेली

काठमाडौं । इराकमा आत्महत्या गरेकी मकवानपुरकी एक युवतीको शव नेपाल ल्याउन कठिन भएको छ । कैलाश गाँउपालिका २ बैकुण्ठकी मृतक लक्ष्मी बलको शव नेपाल ल्याउन समस्या भएको हो ।

परिवारको आर्थीक स्थिति कमजोर रहेकाले खर्च जुटाउन नसक्दा शव ल्याउन नसकिएको पारिवारिक श्रोतले जनाएको छ ।

शव ल्याउन करिव ४ लाख लाग्ने रहेछ ३, ४ दिनमा बल्ल २० हजार जति मात्रै संकलन भएको छ ।’

मृतक लक्ष्मीकी श्रीमान असोक बलले सकेको आर्थीक सहयोगका लागि सवैसँग आग्रह गरेका छन् ।

उनीहरुको ५ वषर्ीया छोरी पनि छिन् । कमजोर आर्थिक स्थिति सुधार्न बैदेशिक रोजगारीका लागी ईराक गएकी लक्ष्मीको ज्यान गएसँगै परिवार यतिबेला शोकमा डुबेको छ । (राहदानी न ०८६९४१६) वाहक लक्ष्मी सिन्धुपाल्चोकका एक एजेण्ट मार्फत दुई वर्ष पहिले इराकको बसरा क्षेत्रमा पुगेकी थिइन ।

इराकमा नेपाली कामदार जान प्रतिवन्ध भए पनि भारतको बाटो हुँदै अवैध रुपमा इराक पुगेकी हुन् ।