- शिव भण्डारी
काठमाडौं-गैरआवसीय नेपाली संघ एनआरएनएको आठौ विश्व सम्मलेनबाट भवन भट्ट अध्यक्षमा निर्वाचित भएका छन् । प्रत्यासी जमुना गुरुङलाई ठूलो मतान्तरले पछि पार्दै भट्ट विजयी भएका हुन् ।
सम्मलेनमा खसेको एक हजार सात सय ८८ मत मध्ये भट्टले ११ सय ९७ मत प्राप्त गरेका छन् । गुरुङले पाँच सय ८४ मत प्राप्त गरेकी छन्।
संघको उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित भएका छन् । यस्तै, महासचिवमा डा. बर्दी केसी, सचिवमा डिबी क्षेत्री र कोषाध्यक्षमा हिक्मत थापा निर्वाचित भए ।
गोरखामा जन्मिएका भट्टले जापानबाट व्यवसायिक सफलता प्राप्त गरेका हुन् । जापानमा भट्टका दुई सय ९० रेस्टुरेन्ट छन् । उनले नेपालमा सञ्चार, होटल र एयरलाइन्समा पनि लगानी गरेका छन् । उपाध्यक्षमा विजयी पन्त पनि गोरखामा जन्मेका हुन् ।
उपाध्यक्ष र महासचिवमा विजयी पन्त र केसीले सोही पद दोहोर्याएका हुन् । उपाध्यक्ष पन्त जर्मनी र आचार्यले बेलायतमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
महासचिव केसी रसियामा कार्यरत छन् ।
क्षेत्रमा को को भए विजयी ?
युरोप क्षेत्रीय संयोजकमा ६ जना उम्मेदवारमध्ये,
बेल्जियमका : शिव बरुवाल
युरोप क्षेत्रीय उपसंयोजक : गोविन्द गौतम र एकराज गिरी
युरोप क्षेत्रीय महिला संयोजक : संगीता मरहठ्ठा (बेलायत)
अमेरिका क्षेत्रीय संयोजक : गौरीराज जोशी
अमेरिका क्षेत्रीय उपसंयोजक : नवीन शेरचन
क्षेत्रीय महिला उपसंयोजक : संगीता लम्साल शिवाकोटी
ओशिनिया क्षेत्रीय संयोजक : धर्मराज अधिकारी (अष्ट्रेलिया)
ओशिनिया क्षेत्रीय महिला उपसंयोजक : प्रिती शर्मा
मध्यपूर्व क्षेत्रीय संयोजक : आरके शर्मा (कतार)
मध्यपूर्व उपक्षेत्रीय उपसंयोजक : गोपाल कँडेल र प्रवीण गुरुङ
क्षेत्रीय उपसंयोजक : राजकुमार बस्नेत
एशिया प्रशान्त क्षेत्रीय संयोजक : किरणविक्रम थापा
एशिया प्रशान्त क्षेत्रीय उपसंयोजक : पारसमणि पोखरेल र विनोद कुँबर
एशिया प्रशान्त क्षेत्रीय महिला उपसंयोजक : जुनु गुरुङ (दक्षिण कोरिया)
अफ्रिकाको क्षेत्रीय संयोजक : सुनिल कार्की
उपसंयोजक : डा. भुवन ढकाल र शिव पौडेल
https://www.facebook.com/londonnepalnews/videos/1417188095066381/








