काठमाडौं– प्रतिनिधी सभा र प्रदेश सभाका लागि मुख्य दलहरुमा टिकटका लागि हानथाप भईरहेको समय एक दलले भने पत्रिकामा विज्ञापन गरि उम्मेदवार खोज्नु परेको छ ।
२०६५ मा स्थापना गरिएको नेपाल नौलो जनवादी पार्टीले प्रतिनिधी र प्रदेश सभा सदस्यका लागि पत्रिका मार्फत उम्मेदवार आव्हान गरेको छ । मंसीरको १० र २१ मा हुने प्रतिनिधी र प्रदेश सभा सदस्यको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फका लागि उम्मेदवार खोजीएको छ ।
दलले निकालेको विज्ञापनमा हालसम्म ‘राम्राले भन्दा हाम्राले’ अवसर पाएकाले असल र ईमान्दारहरु वन्चित हुने गरेको उल्लेख गरेको छ । हालसम्म संगठन विस्तार गर्न नसकेको उक्त दलको १७ सदस्यीय केन्द्रिय समिती मात्रै छ । खुला प्रतिस्पर्धाबाट उम्मेदवार छनौट गरिने जनाइएको छ उक्त दलले जनाएको छ ।
दलको नाम वामपन्थी देखिएपनि दलको कार्यनीतिले नामको अर्थ निर्धारण गर्ने अध्यक्ष गंगालाल श्रेष्ठले बताए । श्रेष्ठले छनौट गरिने उम्मेदवारहरुलाई चुनावी खर्चको जोहो गरिने आश्वासन पनि देखाए ।
आर्थिक ,औद्योगिक र कृषि क्रान्तीको राजनीतिक लक्ष्य लिएको उक्त दलका प्रवक्ता चन्द्रलाल श्रेष्ठले आफ्नो दलले अघि सारेको मुद्धाहरुलाई नै नयाँ शक्तिले अगांलेको बताए ।






