लन्डनमा कार दुर्घटना केही घाइते

लण्डनस्थित ‘नेचुरल हिस्ट्री म्युजियम’मा एउटा कारले ठक्कर दिँदा कैयौं पैदलयात्रु घाइते भएका छन्।

प्रहरीका अनुसार उक्त घटनापछि एक व्यक्तिलाई पक्राउ गरिएको छ।

प्रहरीले घटनाको प्रकृतिबारे कुनै संकेत गरेको छैन। त्यसबारे बुझ्न अनुसन्धान जारी रहेको बताइएको छ।

युकेमा अहिले आतंकवादको खतराको अवस्था दोस्रो उच्च तहमा राखिएको छ।
त्यसको अर्थ आक्रमण हुने सम्भावना धेरै रहेको भन्ने हो।