लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा डा. बद्री केसीले पुनः उम्मेदवारी दिने घोषणा गरेका छन ।
आगामी अक्टोवरको दोस्रो साता काठमाण्डौंमा हुने संघको आठौ अन्तराष्ट्रिय महाधिबेशनमा केसीले पुनः उम्मेदवारी दिन लागेका हुन् ।
बर्तमान कार्यसमितिका महासचिव डा.केसीले शनिवार एक विज्ञप्ति जारी गर्दै दोस्रो कार्यकालको लागि सोही पदमा उम्मेदवारी घोषणा गरेका छन्।
केसी अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत नीति निर्माण समिति कार्यदलका अध्यक्ष समेत हुन्। ।
यसअघि उनले संघको केन्द्रिय कोषाध्यक्ष, राष्ट्रिय समन्वय परिषद रसियाको महासचिव हुँदै, अन्तराष्ट्रिय समन्वय परिषद सदस्यको रुपमा काम गरेका थिए ।
डा. केसीले विज्ञप्ति मार्फत संघकोे सचिवालयलाई मजबुत र साधन सम्पन्न बनाउनु पर्नेमा जोड दिएका छन् । विज्ञप्तिमा हरेक देश र क्षेत्रका भिन्नभिन्न समस्याहरु छन, यिनको समाधानको लागि महासचिव पदमा रहेर आफ्नो दुई बर्षको कार्यकालमा गर्न नभ्याएका थुप्रै कामलाई फेरि महासचिव भएर अन्तिम टुंगो लगाउने उल्लेख छ । उनले संस्थाको सङ्ख्यात्मकसंगै गुणात्मक विकास हुनु पर्नेमा जोड दिएका छन् ।






