लन्डन– एनआरएनए पोर्चुगलका निवर्तमान अध्यक्ष भीम केसी कमलले आईसीसी यूरोप सहसंयोजकमा उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए पोर्चुगलका पदहस्तान्तरण कार्यक्रममा केसीले आगामी विश्व सम्मेलनबाट यूरोप सहसंयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।
कार्यक्रममा पूर्वआपूर्ति गणेशमान पुन,गैरआवासीय नेपाली सङ्घ युरोपका संयोजक कुल आचार्य, लिस्बनका लागि अवैतनिक वाणिज्य दुत मकर हमाल तथा युरोपका विभिन्न देशका अन्य अतिथिहरु लगायत पोर्चुगलस्थित सङ्घ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।






