मौन अवधिमा वडाध्यक्ष उम्मेदवारको मृत्यु

काठमाडौं– राजविराज नगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष उम्मेदवारको ब्लड क्यान्सरका कारण मृत्यु भएको छ।

राजपाका तर्फबाट उम्मेद्वार रहेका ६२ वर्षीय महन्ती यादवको मृत्यु भएको हो ।

प्रदेश २ का प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक विजयलाल कायस्थले यादवको मृत्युको जानकारी दिँदै सो वडाका विषयमा छलफल भइरहेको बताए।

प्रदेश २ मा असोज २ गते तेस्रो चरणको स्थानीय तहको निर्वाचन हुन गइरहेको छ।