एनआरएनए यूकेको मतदान सम्पन्न [भिडियो सहित]

लण्डन । एनआरएन यूके सातौ कार्यसमितिको चयनको लागि शनिबार सम्पन्न निर्वाचनमा ७८ दशमलव ४० प्रतिशत मतदान भएको छ । कुल ३६ सय ७६ मतदातामध्ये २८ सय ८२ जनाले मतदान गरेका छन् । शनिबार बिहान ८ बजेदेखी साँझ ८ बजेसम्म अल्डर्सट, प्लमस्टिड, ह्यारो र लेस्टरस्थित ४ मतदान केन्द्रमा मतदान भएको थियो ।

लेस्टरमा ४ सय ८९ , अल्डर्सटमा १३ सय ८२ , प्लम्स्टिडमा ४ सय ८८ र ह्यारोमा ५ सय २३ मत खसेको छ । कुल मतदाता संख्या लेस्टरमा ६ सय ६ , हयारोमा ६ सय ७३, प्लम्स्टिडमा ६ सय ७१ र अल्डर्सटमा १७ सय २६ हो । सबैभन्दा बढी लेस्टरमा ८० दशमलव ६९ प्रतिशत मत खसेको छ भने अल्डर्सटमा ८० दशमलव ०६ प्रतिशत, प्लम्स्टिडमा ७२ दशमलव ७२ प्रतिशत, र ह्यारोमा ७७ दशमलव ७१ प्रतिशत मत खसेको छ ।

निर्वाचन समितिले भने अहिले केहीबेरमा आधिकारिक तथ्यान्क निकाल्ने बताएको छ । २६ सदस्यीय कार्यसमिती र ३ अाइसिसी सदस्यमध्ये निर्बिरोध भएको महिला संयोजक बाहेक २८ ठाउँको लागि ५२ उम्मेद्वारबीच प्रतिस्पर्धा हुँदैछ ।