तिन दिनभित्र सवारी भाडा घटाउन अल्टिमेटम

आन्दोलनरत विद्यार्थी संगठनहरुले तिन दिन भित्र सार्वजनिक यातायातका भाडा दर घटाउन सरकारलाई अल्टिमेटम दिएका छन् । पेट्रोलियम पदार्थको मूल्या निरन्तर घटिरहेका बैज्ञानिक भाडादर कायम गर्न उनीहरुको माग  छ ।
उनीहरुले खाना पकाउने ग्यासको कृतिम अभाव अन्त्य गर्न साथै सिटीइभिटीमा बढाइएको शुल्क फिर्ता लिन पनि माग गरिएको नेवि संघका प्रबक्ता युपी लामिछानेले जानकारी दिए । प्रबक्त लामिछाने, अनेरास्ववियूका अध्यक्ष किशोर विक्रम मल्ल, अखिल (छैटौं)का महासचिब विमल पोख्रेल, अखिल (पांचौं)का अध्यक्ष घनश्याम मिश्र, राप्रवि संघका अध्यक्ष राजीव लामिछाने, नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसनका संयोजक दिपक जोशीको संयुक्त हस्ताक्षरमा सार्वजनिक गरिएको प्रेस बक्तव्यमा सरकारसँग भएका सहमतिहरु तत्काल कार्यन्वयन गर्न पनि माग गरिएको छ ।
विज्ञप्तीमा जनआन्दोलनका घाइतेलाई त्रिभुवन विश्वविद्यालयले दिदैं आएको अध्ययन सुविधा कायम राख्न र पोखरा विश्व विद्यालयमा देखिएको समस्या तत्काल समाधानको माग राखिएको छ ।