मेक्सिकोमा आठ म्याग्निच्युडको शक्तिशाली भूकम्प

दक्षिण मेक्सिकोमा आठ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएका विवरण प्राप्त भएका छन्।
प्रशान्त महासागरको तटीय क्षेत्रमा आएको भूकम्पका कारण सयौं किलोमिटर टाढा मेक्सिको सिटीमा रहेका भवनहरु हल्लिएका थिए।
अहिलेसम्म धन-जनको क्षतिको कुनै पनि विवरण प्राप्त भइसकेको छैन।