एनआरएन युके उपाध्यक्ष उम्मेदवार दिलिप कुमार को अपिल..


आगामी सेप्टेम्बर नौ तारीखमा हुन लागेको एनआरएनए युके को चुनावमा मैले उपाध्यक्षको पदमा उम्मेद्वारी दिएको छु।

प्रवासमा बसेका सबै नेपालीहरुको आफ्नो मातृभूमिसँगको नाता अटल रूपमा बलियो रहिरहोस् भन्नको लागि दोहोरो नागरिकता , मतदानमा अधिकार र नेपालमा प्रवासीको लागि लगानी मैत्री आर्थिक व्यवस्थाको लागि परिणाममुखी रूपमा काम गर्ने मुख्य एजेण्डा सहित म यो चुनावी मैदानमा होमिएको छु।

मेरो जन्म स्थान धनुषा जिल्ला मिथिला नगरपालिका ढल्केवर हो भने  हाल डन्कास्टर नर्दन लिंकनसायरमा स्वस्थ्य  चिकित्सकको रूपमा काम गर्दै आएको छु ।
-२००९ मा महाराजगंज क्यामपसबाट एमबिबिएस पास गरी नेपालको धादिंग, इलाम, रौतहट, सप्तरी, काठमाडौं लगायतका जिल्लामा सेवा दिई विगत ३ वर्षदेखि युकेमा कार्य गदै आएको छु ।

मेरा प्रतिबद्धताहरु:
-NRNA ले आफ्ना लागि तोकेका लक्ष्य र कार्ययोजनालाई लागु गर्न एक युवा अभियन्ताको नाताले विभिन्न उपलब्धि हासिल गर्न समयसीमा तोकेर काम गर्ने,
वैज्ञानिक तरीका अपनाएर र सुचना प्रविधिको प्रचुर मात्रामा प्रयोग गरेर कार्यक्षमतामा वृद्धि गर्ने।
-‘सबैको साथ तीव्र विकासोन्मुख नारा सहित सम्पुर्ण युकेबासी नेपालीहरुलाई समेटेर आर्थिक/व्यवसायिक गतिविधि संचालन गरि आर्थिकोन्नतिमा टेवा दिने।
सामाजिक/साँस्कृतिक गतिविधिलाई विस्तार गरी एकता र आत्मियता बढाउने।
-NRNA UK को पेशागत तथा क्षेत्रीय अन्तरसम्बन्धमा वृद्धि विकास गर्ने।
सबैको साझा NRNA बनाउन नीति तथा कार्ययोजना ल्याउने।

मेरा सबल पक्षहरू:
-युवा उमेर(प्रचुर जोश, जाँगर र इच्छाशक्ति)
-सुचना प्रविधिमा भएको तीव्र विकासलाई कार्यसहजताको लागि प्रयोग गर्न सिपालु ।
-वैज्ञानिक विचारधारा , अभिनव मन
-मेडिकल पेशा र मधेसी समुदायको प्रतिनिधि ।

भवदीय,
डा. दिलीप कुमार यादव
(उपाध्यक्ष उम्मेदवार एनआरएनए युके)
dilipky@gmail.com
फोन: 07457185726