इराकको राजधानी बग्दादमा गत एक वर्षदेखि जारी रहेको रातको समयको कफ्र्युको अन्त्य गर्ने इराकी प्रधानमन्त्री हैदर अली अबादीले आदेश दिनुभएको छ । ब्रिगेडिएर जनरल साद मआनले बिहीबार सो जानकारी दिनुभएको छ । प्रधानमन्त्री अबादी आगामी शनिबारबाट बग्दाद सहरमा लगाइने गरिएको कफ्र्यु सम्पूर्ण रुपमा हटाउन आदेश दिनुभएको बग्दाद कारबाही कमान्डका ब्रिगेडिएर मआनका प्रवक्ताले एएफपी समाचार समितिले जनाएका छन् ।
लामो समयदेखि जारी रहेको सो कफ्र्यु हटाउनाले प्रमुख परिवर्तनका रुपमा देखापरेको बताइएको छ । गत एक वर्षदेखि जारी यस कफ्र्युको समय परिवर्तन भइरहेको तर केही समययता मध्य रातदेखि बिहान ५ बजेसम्म जारी रहेको जनाइएको छ । इस्लामिक स्टेटविरुद्ध इराकी सैनिकले जारी राखेको स्थलगत कारबाही प्रभावकारी भएको हुनाले सो कफ्र्यु हटाइने निर्णय गरिएको बताइएको छ ।
बग्दाद कफ्र्यु मुक्त






