शिव भण्डारी
लण्डन । एनआरएनए) यूकेको ‘बक्सिङ शो’सहित च्यारिटी डिनरको तयारी तीब्र पारिएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आपतकालिन परोपकारी कोषका लागि अल्डरसटस्थित एम्पायर हलमा मार्च ३१ तारिख शनिबार च्यारिटी डिनर हुँदैछ ।
यसै बीच बेलायती प्रोफेसनल बक्सरहरु एनआरएनए यूकेको च्यारिटीमा सहभागी हुन उत्साहित भएका छन् । बक्सिङ शो च्यारिटीमा बेलायती खेलाडीले च्यारिटीमा १० वटा फाइट हुनेछ ।यूरोपियन च्याम्पियन नेपाली आदिप राना पनि च्यारिटीमा आउने तय भएको छ ।
गैर आवासीय नेपाली संघ यूकेका उपाध्यक्ष तथा च्यारिटी विभाग संयोजक प्रेम गाहामगरको पहलमा ब्रिटिश प्रोफेसनल बक्सरहरु जोन राइडर, अलान साउथवीक, एबिए च्याम्पियन कोनी र ब्रिटिश नम्बर थ्री बक्सर क्रिस ब्रोक भिआइपी गेस्टका रुपमा आउन लागेका हुन् ।
संयोजक गाहामगरसँग शनिबार भएको भेटमा ‘वल्ड फोर्थ टप बक्सर’ जोन राइडर र १९९६ – १९९७ एबिए बक्सिङ सेमिफाइनलिस्ट तथा फाइनलिस्ट अलानले आफूहरु नेपाली समुदायबाट निकै प्रभावित भएको बताउंदै समस्त नेपाली समुदायलाई च्यारिटीमा आएर साथ दिन अपिल गरे । राइडर जेमी कोक्ससँग मे ५ मा लण्डन ओटुमा भिडदै छन् । अलान लण्डनमा केही क्लबका संचालक छन् । एबिए च्यामपियन्स कोनी र ब्रिटिश नम्बर थ्री बक्सर क्रिस ब्रोक गाहामगरका विद्यार्थी हुन् । संयोजक गाहामगरले तयारी तीब्र भएको बताउदै ‘डोनेशन’ गरिदिन सबैमा अनुरोध गरेका छन् ।
हेर्नुस संयोजक प्रेम गाहामगर तथा ब्रिटिश प्रोफेसनल बक्सर जोन राइडर लन्डन नेपाल न्यूज डट कमका प्रधान सम्पादक शिब भण्डारी सँगको सम्बाद भिडियो सहित —






