एनआरएनए आयरल्याण्डको छैंठौ रास्ट्रीय महाधिवेसन सम्पन्न

आयरल्याण्ड । गैर आवासीय नेपाली संघ आयरल्याण्डको छैंठौ रास्ट्रीय महाधिवेसन सोमबार सम्पन्न भएको छ । राजधानी डब्लिन स्थित टिचर्स हलमा सम्पन्न महाधिवेसनबाट निबर्तमान सल्लाहकार समेत रहनुभएका नवराज कोइराला अध्यक्ष्यमा निर्बिरोध निर्वाचित हुनुभयो ।

एनआरएनए आइ सी सी सदस्यमा राजन काफ्ले, उपाध्यक्ष्यमा अन्तिम उप्रेती र लोक त्रिपाठी बिजयी हुनुभएको छ भने महिला उपाध्यक्ष्यमा चन्द्रकला निरौला , महासचिबमा उज्वल ह्योम्बा, प्रवक्तामा मुकुन्द भुसाल, सचिवमा बिबेकराज सापकोटा निर्बिरोध चयन हुनुभयो । त्यसैगरी कोसाध्यक्ष्यमा जंग अधिकारी र सह-कोसाध्यक्ष्यमा रवि बोगटी र महिला संयोजकमा अन्जु काफ्ले सर्बसम्मत चयन हुनुभएको छ । अन्तिम समय सम्म पनि सहमति हुन नसकेपछि मतदान प्रक्रिया मार्फत दुई उपाध्यक्ष्य र चार सदस्य निर्बाचित हुनु भएको हो । तेसै गरि युवा संयोजकमा प्रविन कोइराला , सदस्यहरुमा यम उप्रेती पोर्तलुइस बाट , तेजु ज्ञवाली तिपेररी, प्रेम घल- लिमरिक, भिम गौतम-डब्लिन , शोभना अधिकारी-महिला सदस्य डब्लिन साथै छेत्रीय कोर्डिनेटरमा राज कुमार महत गल्वय , श्री कृष्ण भण्डारी कोर्क , मुकेश घिमिरे लिमरिक बाट निर्बाचित हुनुभएको छ ।

सपथ ग्रहण कार्यक्रम पछि सभालाइ सम्बोधन गर्दै नव निर्वाचित अध्यक्ष्य कोइरालाले आयरल्याण्डबासि सम्पुर्ण नेपालीजनहरु प्रति कृतज्ञता ब्यक्त गर्नु भयो । साथै उहाँले आगामी २ बर्से कार्यकालमा अन्तरास्ट्रिय समन्वय परिसद संग सहकार्य गर्दै नेपाल र नेपाली को बृहत्तर हितका कार्यमा लागी पर्ने प्रतिबध्दता ब्यक्त गर्नु भयो ।

कार्यक्रम एनआरएनए महिला सह-संयोजक रजनी प्रधान को प्रमुख आतित्थ्यता एवं जर्मनीका लागि नेपाली पर्यटन दुत सन्तोष भट्टराइको विसिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
सो अवसरमा निर्वाचन प्रक्रियालाई भब्य र सभ्य रुपमा सम्पन्न गराउन संस्थाका पूर्व अध्यक्ष्य समेत रहनु भएका प्रमुख आयुक्त शुक्रराज न्यौपानेकों संयोजकत्वमा तिन सदस्यीय निर्बाचन आयोग गठन गरिएको थियो । आयोगमा जिबन तिमल्सिना र प्रकाश सापकोटाले साथ दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै आयरल्याण्डका लागि नेपाली पर्यटन दुत तथा संस्थाका पूर्व अध्यक्ष्य गणेश प्रसाइले जिम्मेवारीका हिसाबले आफु हाल संस्था भन्दा बाहिर रहे पनि जुनसुकै बखत जस्तो सुकै सहयोग गर्न पनि आँफु तत्पर रहेको बताउनु भयो ।

कार्यक्रममा एनआरएनए आइ सी सी सदस्य गंगाराम कंडेल, संस्थाका सल्लाहकार एवं नेपाल आयरल्याण्ड समाजका उपाध्यक्ष्य जिबन तिमिल्सेना, चितवन समाज आयरल्याण्डका अध्यक्ष्य चेतराज ओली, जनजाति संघ आयरल्याण्डका अध्यक्ष्य चन्द्र बोम्जन लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो भने निबर्तमान महासचिव अच्युत गैरेले संस्थाको सांगठनिक र निबर्तमान कोसाध्यक्ष्य दिपक बोहोराले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । सँस्थाका अध्यछ राजन काफ्लेको अध्यछतामा सम्पन्न भएको उक्त कार्यक्रममा उहाले अब आउने कार्य समितिलाई शुभकामना दिदै आफ्नो तर्फबाट सधै सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो ।