लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेको आयोजनामा शनिवार हयारो फुटबल क्लवमा एक च्यारिटी डिनर कार्यक्रम गरिदैछ ।
https://www.facebook.com/londonnepalnews/videos/1355564271228764/
जुम्लाको अति विकट पत्थरखोलामा मातृशिशु केन्द्र (बर्थिङ सेन्टर) स्थापना गर्न च्यारिटी डिनर गर्ने तयारी गरेको हो ।
मातृशिशु केन्द्र निर्माणका लागि करिब ४० हजार पाउण्ड लाग्ने भएकाले वेलायतस्थित नेपाली समूदायलाई सहयोग गर्न एशोसियनले अपिल गरेको छ ।
यसै बीच एसोसिएसनकी अध्यक्ष प्रसुना कंडेलले लण्डन नेपाल न्यूज डटकम संगको टेलिफोन कुराकानीमा च्यारिटी साँझको लागि सम्पूर्ण तयारी पुरा भइसकेको बताउदै, हाम्रो सानो सहयोगले नेपालको विकट क्षेत्रमा रहेका आमा र नवजातशिशुको ज्यान जोगिन सक्ने वताइन् । एसोसिएसनकी अध्यक्ष कंडेलले मानविय कामको लागि एसोसियसनलाई माया गर्ने सबै पक्षसंग सहयोगका लागि आग्रह गरेकी छन् ।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीसहित रोयल कलेज अफ नर्सिङ, एनएमसी एवं विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरु लगायत संचारकर्मी हरुको समेत उपस्थिति रहनेछ ।






