एनआरएन आयरल्याण्डको अध्यक्षमा कोइराला

डब्लिन- गैरआवासीय नेपाली संघ आयरल्याण्डको अध्यक्षमा नवराज कोइराला सर्वसम्मत निर्वाचित भएका छन् ।

सोमबार राजधानी डब्लिनमा भएको छैटौं अधिवेशनबाट निवर्तमान सल्लाहकार कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । उपाध्यक्षमा अन्तिम उप्रेती र लोक त्रिपाठी, महिला उपाध्यक्षमा चन्द्रकला निरौला, महासचिवमा उज्वल ह्योम्बा, प्रवक्ता मुकुन्द भूसाल, सचिवमा विवेकराज सापकोटा निर्विरोध भए ।

कोषाध्यक्षमा जंग अधिकारी, सहकोषाध्यक्षमा रवि बोगटी, महिला संयोजकमा अञ्जु काफ्ले निर्वाचित भए ।

नवनिर्वाचित अध्यक्ष कोइरालाले आईसीसीसँग समन्वय गरेर नेपाल र नेपालीको वृहत्तर हितमा काम गर्ने प्रतिबद्धता जनाए ।

एनआरएन महिला सहसंयोजक रजनी प्रधानको प्रमुख आतिथ्यतामा अधिवेशन भएको थियो ।