नेपाल आइडलबाट बाहिरिए सुरज थापा

काठमाडौं । एपीवान टेलिभिजनको प्रस्तुति गायन रियालिटी सो नेपाल आइडल प्रतियोगिताको उत्कृष्ट छबाट सुरज थापा बाहिरिएका छन्।

राजधानीबाट अडिसन दिएका नेपालगन्जका सुरज थापा नेपाल आइडलमा उत्कृष्ट ६ सम्म आइपुगेका हुन् ।

नेपाल आइडलमा उत्कृष्ट छसम्मको यात्रा तय गरेका थापा आधुनिक, सेमी क्लासिक र सेन्टिमेन्टल गीत मन पराउँछन्।

यसैगरि नेपाल आइडलमा अब ललितपुरका २२ वर्षीय प्रदाप दास, बुटवलकी २१ वर्षीया सुजाता पाण्डेय, मोरङका २१ वर्षीय निशान भट्टराई, चितवनका २० वर्षीय सागर आलेमगर र पोखराका २० वर्षीय बुुद्ध लामा उत्कृष्ट पाँचमा पर्न सफल भएका छन्।