नेकपा–माओवादीको बैठकले ३७ जना केन्द्रीय सदस्य थप गरेको छ । बैठकले ३७ जना केन्द्रीय सदस्य थप गरेपछि १२५ सदस्य केन्द्रीय समिति बनेको पार्टीका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । चन्द समूहले पार्टी छाडेपछि १५१ सदस्यीय केन्द्रीय समितिका ८८ जना मात्रै बाँकी थिए । सङ्गठन सुदृढीकरण, कार्य विभाजन र अभियान चलाउने विषयमा बुधबार औपचारिक रुपमा निर्णय हुने समेत उहाँले जानकारी दिनुभयो ।
सैंतीस केन्द्रीय सदस्य थप






