संयुक्त अरब एमिरेट्सको दुबइस्थित एउटा ७९ तले आवासीय भवनमा ठूलो आगलागी भएको छ।
दुई वर्षमा सो भवनमा आगलागी भएको यो दोस्रो पटक हो।
सामाजिक सञ्जालमा राखिएका तस्बिरमा ‘टर्च टावर’ नामक सो भवनमा आगो फैलिदैँ गरेको र भवन भत्केर केही अंश सडकमा खसेको देखिएको छ।
अधिकारीहरुले पछि सो भवनबाट सुरक्षाकर्मीहरुले मानिसहरुलाई सफलतापूर्वक बाहिर निकालेको र आगो नियन्त्रण गरिएको बताएका छन्।






