काठमाडौं- प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिदा काम पुरा हुन त परै जाहोस् सरोकारवाला निकायहरुले उल्टै झुटो प्रतिबेदन बुझाएका छन् ।
प्रधामन्त्री कार्यलयका सचिव चन्द्र घिमिरेले खाल्डा पुर्ने जिम्मा पाएका धेरैजो निकायले झुटो प्रतिवेदन पठाएका बताए ।
कतिपय प्रतिवेदन हेर्दा विश्वास नलागेर हामीले स्थलगत अध्ययन गरेका थियौं प्रधानमन्त्री कार्याका सचिव चन्द्र घिमिरेले भने काम नभएको ठाउँको पनि काम भयो भनेर विवरण पठाएको पायौँ ।
प्रधानमन्त्री कार्यालयमा सोमबार सरोकारवाला निकायले कामको विवरण पठाएका छन्। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल) ले ६८ प्रतिशत काम सकिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।






