लण्डनस्थित माया पब औपचारिक रुपमा उद्घाटन [भिडियो सहित]

20495549_10209854682152570_121123507_oशिब भण्डारी

लन्डन–  लन्डनको साउथ ह्यारोस्थित माया पब औपचारिक रुपमा उद्घाटन  गरेका छन् ।  करिव  २ सय ५० जनाको उपस्थितिबीच शुक्रबार राति ‘माया पब’को उदघाटन लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले गरे । सिद्धार्थ विक्रम क्षेत्री, रविन गुरुङ, शिवन पुन र रञ्जन राजवंशीको समूहले पब सञ्चालन सुरु गरेको अवसमार रिबन तथा केक काटेर खुसियाली मनाइएको थियो ।

20375620_1418700084874095_2674709763569279390_n

यसै बीच सञ्चालकमध्येका एक सिद्धार्थ विक्रम क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा सांसद शर्मासहित बेलायतको नेपाली समुदायसंग निकट मानिने  ब्रेन्ट काउन्सिलका मेयर भगवानजी चौहान सोलिसिटर राजु थापा,गायक योगेश्वर आमत्य, व्यवसायी रबि लामिछाने ,बीपी खनाल, प्रशान्त कुँवर, आरती श्रेष्ठ डा. मीन रानाभाट, कांग्रेस नेता युवराज गुरुङ, तमु धीँ लन्डन ईकाई अध्यक्ष डेविड गुरुङ, लन्डन नेपाल न्यूज डट कमका प्रबन्ध निर्देशक आर.के. त्रिपाठी, यती एसोसिएसनका पूर्व अध्यक्ष उमेशराज मोक्तान ,कार्यवहाक अध्यक्ष शशीधर नेपाल, बिरेन खड्का लगायत थुप्रै युवा साथी हरु र नेपाली संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरु समेत सहभागी भएका थिए ।

20496414_10209857088612730_556390813_n

कार्यक्रममा शुभकामना दिंदै सांसद शर्माले नेपाली युवा व्यवसायीहरु आफ्नो व्यपारमा सफल हुने विश्वास व्यक्त गर्नुभयो । ‘मलाई विश्वास छ तपाईंहरु सफल हुनुहुनेछ,’ उनले सम्बोधनमा भने, ‘कठीन परिश्रम र सेवाप्रतिको लगावले तपाईंहरुलाई सफल गन्तव्यमा पुर्‍याउनेछ ।’ सांसद शर्माले नेपाली सोलिसिटर राजु थापालाई उदाहरण दिंदै आफ्नो काममा लगाव हुने हो भने सफल हुन कठीन नभएको उल्लेख गरे । ‘ड्रिन्क, फुट एन्ड म्यूजिक’ नारा बनाएको माया पबले कन्टिनेन्टल र नेपाली खाना उपलब्ध गराउने बताएको छ ।

पबमा लोकप्रिय नेपाली कलाकारको उपस्थितिमा सांगीतिक कार्यक्रम हुनेछन् भने पारिवारिक जमघटका लागि हलसमेत उपलब्ध हुने बताइएको छ ।20428472_10209854695272898_722295223_n