लण्डन । चार्ल्टन नेपाली समाजले हरेक वर्ष गर्दै आएको बारबीक्यू कार्यक्रम आउँदो जुलाई २३ तरिक आइतबारका दिन हुदैछ।
चार्ल्टन नेपाली समाजले वार्षिक बारबीक्यू सधै जस्तै यसपटक पनि चार्ल्टन मेरिडियन स्पोर्ट क्लब अगाडिको पार्कमा गर्ने भब्य तयारी गरेको समाजका उपाध्यक्ष कृष्ण खरेल ले जानकारी गराए । मध्य दिनबाट साँझसम्म चल्ने सो कार्यक्रममा मनोरन्जनका लागि विभिन्न सांस्कृतिक प्रस्तुति पनि राखिने प्रबक्ता सिता अर्यालले बताउनु भयो ।
कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउन रास्ट्रिय कलाकारहरु चर्चित गायक याम क्षेत्री एबम गायिका जमुना रानाले सांगीतिक प्रस्तुति दिने समाजका अध्यक्ष टंक कंडेलले जानकारी दिए ।
यसै बीच कार्यक्रममा सहभागिताको लागि १० पाउण्डको प्रवेश शुल्क लाग्ने र स्थनीय टिमको भलिबल (महिला, पुरुष)) को पनि बिशेष रहने कोषादक्ष रेखा खरेलले बताउनु भयो।






