माल्भिका सुब्बा छैठौं मिस यूके नेपालको कोरियोग्राफर

IMG_2053

लण्डन । पूर्व मिस नेपाल तथा चर्चित मिडिया पर्सनालिटी माल्भिका सुब्बा २५ अगष्ट शुक्रबार का दिन लन्डन आउने भएकी छन् ।

सेप्टेम्बर १० आइतबार सांझ एम्पायर बैंक्यूटिङ हल अल्डरसटमा हुन लागेको छैठौं मिस यूके नेपाल २०१७ का प्रतिष्पर्धीहरुका लागि कोरियोग्राफी गर्न माल्भिका यूके आउन लागेकी आयोजक शान्ति गुरुङले जानकारी दिइन् ।

माल्भिकाले मिस यूके नेपालका सुन्दरीहरुलाई कोरियोग्राफी र अन्य प्रशिक्षण दिनेछन् ।

आगामी शनिबार जुलाई १५ मा फार्नबरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा मिस यूके नेपाल २०१७ को अडिसन हुँदैछ । न्युनतम ५ फिट २ इन्च उचाई , १६ देखि २४ वर्षसम्मको उमेर, कम्तीमा २ वर्षका लागि बेलायतको आवासीय अधिकार (भिसा) लगायतका शर्त पूरा गर्नेले मात्र आवेदन दिन पाउनेछन् ।

प्रतियोगिताको बिजेताले ८ सय पाउन्ड , फर्स्ट रनर अपले ५ सय पाउन्ड तथा सेकेण्ड रनर अपले ३ सय पाउण्डको नगद पुरस्कार पाउनेछन् । त्यसबाहेक बिजेताहरुलाई मिडिया तथा मोडलिङका क्षेत्रमा समेत अवसर दिइनेछ ।

इच्छुक प्रतियोगीहरुले मिस यूके नेपालकी संयोजक शान्ति गुरुङलाई shantigurung327@gmail.com अथवा 07578365566 मा सम्पर्क गर्न सक्नेछन् ।

IMG_2052