बेल्जियम
पर्बत समाज बेल्जियमको आयोजनामा यही जुलाई २३ तारिक आईतवारका दिन बेल्जियमको आन्तर्पेन शहरमा बार्बिक्यु कार्यक्रम हुने भएको छ । आन्रत्पेन को अत्यन्तै रमणिय स्थल लिन्कवभरमा गर्न लागिएको उक्त समर बार्बिक्यु कार्यक्रम बाट बचेँको रकम आगामी सेप्टेम्बर -अक्टुबर महिनामा पर्बत का बिकट गाउ का गरीब असह्यय तथा बिपन्न बर्ग ब्यक्ती हरुका हेल्थ क्याम्प राखी स्वास्थ्य उपचार मा खर्च गरिने भएको छ ।
पर्बत समाज बेल्जियमका सल्लहाकार श्री प्रसाद गुरुङ को सयोजकत्व मा हुन लागेको कार्यक्रम को सम्पूर्ण खर्चको लागी अर्जुन श्रेष्ठ , भिम जोशी , कुमार जोशी , खड्क के सी , कृष्ण तिवारी ,सिता के सी , युगमाया पुन र झलक के सी बाट स्पोन्सर प्राप्त भएको कोषाध्यक्ष सीता के सी ले जानकारी दिनु भयो । भैपरी आउने मानवविय सहयोग को लागी समाजले अक्षय कोष को स्थापना गरी केही समय अगाडि बिहादी गाउ पालिका ५ मा आगोलागी बाट घरबार बिहिन परिवार लाई आर्थिक सहयोग गरेकोछ ।साथै कार्कोनेटामा निर्माण हुन लागेको सामुदायिक भवनको लागी पर्बत समाज बेल्जियमले दिर्घकालिन योजनामा राखी सहयोग गर्ने भएकोछ ।
बेल्जियममा रहनु भएका सम्पूर्ण बुवा आमा दाज्यु भाई तथा दिदिबहिनीहरु , बेल्जियस्थित सम्पूर्ण सघ सस्था का अध्यक्ष ,पदाधिकारीहरु , छिमेकी राष्ट्का पर्बतेली दाज्यु भाई दिदिबहिनीहरु लाई यस समरको अन्तमा बेल्जियममा हुन गइ रहेको रमाइलो बार्बिक्यु मा उपस्थीतीको पर्बत समाज बेल्जियका अध्यक्ष झलक के सी ले अनुरोध गर्नु भएकोछ।







