‘आईएसले कसैगरी माफी पाउँदैन्’

जापानी प्रधानमन्त्री सिन्जो आबेले गोतोको हत्याप्रति आक्रोश ब्यक्त गर्दै आईएसको क्रूरतालाई घृणित कार्यको संज्ञा दिएका छन् । आईएसले अघि सारेको शर्तका बिषयमा छलफल जारी रहेकै बेला गोतोको हत्या गरिनु अमानवीय भन्दै उनले आईएसलाई कसैगरी पनि माफी नदिइने बताए ।
आईएसको कब्जामा रहेका जापानी पत्रकार गोतोको शिरच्छेदनको भिडियो सार्वजनिक भए लगत्तै सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रधानमन्त्री आबेले क्रुर र अमानवीय हर्कत त्याग्न आईएसलाई सुझाव दिए ।
गोतोको आत्माले चीर शान्ती पाओस् भन्दै उनले शोक सन्तप्त परिवारप्रति सम्बेदना पनि प्रकट गरेका छन् ।
यसैबीच गोतोका आमा जुन्को इसिदोले आफना छोराको हत्याले आफू लगायत आफनो परिवारलाई स्तब्ध बनाएको उल्लेख गरेकी छिन् । छोरो मारिएको भिडियो सार्वजनिक भएलगत्तै गहभरी आँसु बनाउँदै इसिदोले शान्तिका लागि छोराले बलिदानी दिएको उल्लेख गरिन । विश्वबाटै युद्ध समाप्त गर्नुपर्ने र बालबालिकाको भविष्य जोगानुपर्ने सुझाव उनले विश्वभरका आतंकबादीलाई दिए । गोतोको हत्याले जापानभर शोक छाएको छ ।