काठमाडौं– स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत ३ सय २१ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । असार १४ गते सम्पन्न भएको ३ सय ३४ स्थानीय तहमध्ये अब १३ स्थानीय तहको नतिजा आउन बाँकी रहेको छ ।
अहिलेसम्मको नतिजाअनुसार नेकपा एमालेले १ सय ४३ स्थानमा जित हासिल गरेको छ भने नेपाली काँग्रेसले ११८ स्थानमा जित निकालेको छ । नेकपा माओवादी केन्द्रले भने ३८ स्थानमा जित हासिल गरेको छ ।
यस्तै, संघीय समाजवादी फोरमले ७, नेपाल लोकतान्त्रिक फोरमले ६, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार, राष्ट्रिय जनमोर्चाले २ स्थानमा जित हासिल गरेको छ भने स्वतन्त्र तीन उम्मेदवारले जित हासिल गरेका छन् ।






