मतपेटिका ल्याउन २ दिन

रुकुम- पुथाउत्तरगंगा गाउँपालिका २ रोल्पामा पेल्माका मतपेटिका निर्वाचन अधिकृतको कार्यालय रहेको कोल पुर्याउन २ दिन लाग्ने भएको छ ।

पेल्माबाट सोही गाउँपालिका १ को रन्मामैकोट आउन एक दिन र त्यहाँबाट कोल पुग्न अर्को दिन लाग्छ ।

१, ३, ४, ५, ६ र ९ नम्बर वडाका मतपेटिका पनि कोल पुर्याउन पूरै दिन लाग्छ ।