शेखरलाई फेरि परराष्ट्रमन्त्री बनाउने तयारी

shekhar koiralaकाठमाडौं- मधेसी मोर्चाका लागि खाली राखिएको परराष्ट्र मन्त्रालयको जिम्मेवारी पुनः शेखर कोइरालालाई दिने तयारी भएको छ ।

मोर्चा तत्काल सरकारमा नआउने निश्चित भएपछि कोइरालालाई पठाउन लागिएको स्रोतले जनाएको छ । सभापति शेरबहादुर देउवा केही नेतालाई मन्त्री बनाएर व्यवस्थापन गर्ने, केहीलाई पार्टी संगठन र विभागीय जिम्मेवारी दिएपछि मात्र पदाधिकारी चयन गर्ने तयारीमा छन् । भ्रातृ संस्थाको अधिवेशन गरेर दसैँपछि मात्र पदाधिकारी चयनको तयारी उनले गरेको देउवानिकट स्रोत बताउँछ ।

देउवाले शेखरलाई प्रचण्ड नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बनाउने वचन पनि दिएका थिए । तर, अन्तिममा ँअरू मन्त्रालय रोज्न’ भनेपछि शेखर पनि बिच्किएका छन् । ‘जागिर खान नभई काम देखाउन मन्त्री बन्ने’ शेखरले अरू मन्त्रालय अस्वीकार गरेका छन् ।