कृष्णनगर—कपिलबस्तुमा १० तहमा ६ नगर र ४ गाँउपालिका छन् । कृष्णनगर गनाग्पलिकाको प्रमुख पदमा शिवप्रसाद कलवार र उपमेयरमा सवनम खातुन उठेकी छिन् ।
यस्तै संघीय समाजवादी फोरमबाट प्रमुखमा अभय प्रताप शाह र उप प्रमुखमा आरती सिंह यादव चुनावी चुनावी मैदानमा छिन् ।
यहाँको रोचक पक्ष भनेको अभय प्रताव शाहको परिवारबाटै बागी उम्मेदारी परेको छ । अभय प्रताप शाहको भाई नाता पर्ने रजत शाहले बागी उम्मेदवारी दिएका छन् । जसले गर्दा अभय प्रताव शाहलाई चुनाव सहजै जित्न फलामको चिउरा चपाउनुजस्तै भएको स्थानीयहरु बताँउछन् ।
यस्तै राप्रपाबाट प्रमुखमा श्यामकुमार मिश्र उठेका छन् । उनलाई जिताउका लागि शनिवार कृष्णनगरमा राप्रपा अध्यक्ष कमल थापा समेत पुगेका थिए । यहाँका सम्पन्न परिवारका रुपमा परिचय बनाएका मिश्रले चुनावमा जतिपनि खर्च गरेर मत अंकलाई परिवर्तन गरिदिन सक्ने संघीय समाजवादी एक कार्यकर्ताले बताए ।
उनले चुनाव जित्न पाँच करोडसम्म खर्च गर्ने बताएको बिपक्षी दलका कार्यकर्ताहरुले आरोप लगाए । उनी भन्सारमा चलखेल गर्ने एजेन्ट भएका कारण मनग्गे खर्च गरेर विपक्षीको मत काट्ने अभियानमा लागेको स्थानीय बताँउछन् ।
कसको कति छ शक्ति ?
यो नगरमा नेपाली कांग्रेस र नेकपा एमाले अत्यन्तै कमजोर रहेको आंकलन गरिएको छ भने संघीय समाजवादी फोरम नेपाल, फोरमकै वागी उम्मेदवार र राप्रपाका उम्मेदवार बिच कडा प्रर्तिस्पर्धा रहेको अनुमान छ । यहाँ एमालेले प्रमुख पदमा उम्मेदवार खडा गरेको छ्रैन भने उपप्रमुखमा सुशील श्रीवास्तावलाई अघि सारेको छ । यस्तै नेपाली कांग्रेसको प्रमुखमा ब्रह्मानन्द उपाध्याय चुनावी मैदानमा छन् ।
संविधान सभाका दुई निर्वाचनमा समेत अत्याधिक मत ल्याएर विजयी भएको संघीय समाजबादी फोरम नेपालको अहिले पनि राम्रो पकट क्षेत्र मानिने कृष्णनगरमा आफ्नै भाई नाताको ब्यक्ति चुनावमा बागी उठेपछि भोट काट्ने अनुमान गरिएको छ ।
तर उम्मेदवारका भतिजा समेत रहेको अभिशेक प्रताप शाह भने संघीय समाजबादी फोरम नेपालको जित सुनिीश्चत भएको दावी गर्छन । माओवादी केन्द्रको समेत राम्रो अवस्था रहेको कृष्णनगरमा रोचक त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।
नेपाल—भारत सीमा नाकाको यो नगरपालिकामा यसकारण हुँदैछ रोचक भिडन्त






