प्रबासी नेपाली मंचको अधिबेशन जुलाई २ मा

लन्डन । बेलायतको नेपाली डायस्पोरामा आफ्नो छुट्टै पहिचान र कृयाशिल वेलायतस्थित नेकपा एमालेको भातृसंस्था एबम प्रवासी नेपाली मंच यूकेको चौथो अधिबेशन आगामी २ जुलाई आइतबारका दिन ह्यारो फुटबल क्लबमा भब्य रुपमा हुने भएको छ ।2-5

यसै बीच मञ्चका अध्यक्ष रामशरण सिम्खडाले लन्डन नेपाल न्यूज डट कमका लागि प्रधान सम्पादक शिव भण्डारी सँगको टेलिफोन कुराकानीमा अधिवेसन भब्य र सभ्य रहने र तयारी अन्तिम चरणमा पुगेको र अधिबेशनमा नेकपा एमालेका प्रचार बिभाग प्रमुख योगेश भट्टराई र पोलिटब्युरो सदस्य पूर्बमन्त्री प्रबाश बिभाग सह-ईन्चार्ज युबराज कार्की प्रमुख अतिथि र अतिथीकोरुपमा सहभागीहुने जानकारी समेत गराए ।

मंचका संगठन बिभाग प्रमुख कमल खनाल तथा आर्थिक बिभाग प्रमुख कृष्ण भण्डारीका अनुसार अधिवेशनका लागी हालसम्म मंचको सदस्यता नबिकरण, सदस्यता स्थानान्तरण, नयाँ सदस्यता वितरण र जिल्ला कमिटीबाट त्यसको अनुमोदन भैसकेको बताएका छन भने प्रचार विभाग प्रमुख कुमार केसीले स्कटल्याण्ड, वेल्स तथा बेलायतका बिभिन्न शहरहरुबाट अतिथी, प्रतिनिधि तथा पर्यबेक्षकहरुको उपस्थिति सहित प्रतिनिधि, पर्यबेक्षक, अतिथि र पत्रकारहरु गरी करिब दुई सय जनाको सहभागीता रहने कुरा बताएका छन ।

अधिबेशन सफल बनाउन उपसमितिहरु :

कुमार केसीको संयोजकत्वमा प्रचार प्रसार समिति, सरस्वोती केसीको संयोजकत्वोमा खाद्य ब्यबस्थापन, कमल खनालको संयोजकत्वोमा प्रतिनिधि प्रमाणीकरण, कृष्ण भण्डारीको संयोजकत्वोमा आर्थिक संकलन , धन क्षेत्रीको संयोजकत्वमा स्वयंसेवक ब्यबस्थापन तथा मिलन घिमरेको संयोजकत्वमा हल-मंच ब्यबस्थापन समिति सकृयरुपमा काम गरिरहेको सचिब धन क्षेत्रीले जानकारी दिनु भयो । मंचका महासचिग तुङ्ग भुसालका अनुसार नयां नेतृत्व चयन को लागी डा बिष्णु घिमिरेको संयोजकत्वमा प्रा डा पदम सिमखडा र शेखर शर्मा वाग्ले सदस्य रहेको ३ सदस्यिय निर्वाचन कमिटी समेत बनी निर्वाचनको आवश्य तैयारी भैरहेको छ । नयाँ नेतृत्वका लागि राजेन्द्र पुडासैनी रविन्द्र कंडेल र रामजी बराल को नाम चर्चामा छ ।1-10