डार्टफोर्ड क्षेत्रमा उत्साहजनक भोट प्राप्त गरे, डा. कैनी

18953096_1221898641272550_2120736695189660475_nलन्डन । बेलायतको संसदीय निर्वाचनमा पहिलो पटक उम्मेदवार भएका नेपाली मुलका डा. बच्चु कैलाश कैनीले पराजय भोगेका छन् । लेबोर पार्टीका तर्फबाट डार्टफोर्ड क्षेत्रमा उठेका कैनीले १८ हजार २४ मत ल्याए भने उनका प्रतिष्पर्धी कन्भरभेटिभ पार्टीका उम्मेदवार ग्यारेथ जोन्सनले ३१ हजार २१० मत ल्याएर जित हासिल गरे । कुल खसेको मतको ५७ दशमलव ६ प्रतिशत ल्याएर ग्यारेथ विजयी भएका हुन् ।

डार्टफोर्ड क्षेत्रमा अहिले चुनाव हारेपनि आशा नमरेको र भविष्यमा लेबोरको समर्थन जुटाउन नियमित लागिरहने कैनीले बताएका छन् । पराजित भएपछि राती अबेर कैनीले मतदाता र चुनावी अभियानका क्रममा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । काउन्सिलर रहेका उनी अब काममै फर्कने र स्थानीय राजनीतिलाई पनि एकसाथ लैजाने योजनामा छन् ।

उनले वेलायती निर्वाचनमा आफुनो पहिलो अनुभव भएको र निर्वाचन तयारीका लागि कम समय भएका कारण सोचे जस्तो नतिजा नआए पछि उत्साहजनक भोट प्राप्त गरेको प्रतिक्रिया दिए ।