प्रधानमन्त्री देउवालाई जनसम्पर्क समिति आयरल्याण्डको बधाई

लन्डन । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा मंगलवार संसदबाट नेपालको ४० औं प्रधानमन्त्री निर्वाचित भएका छन ।संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ४० औं प्रधानमन्त्री निर्वाचित हुनुभएकोमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नेपाली जनसम्पर्क समिति आयरल्याण्डले बधाई दिएको छ ।ShrerBahadur-Deuba

नेपाली जनसम्पर्क समिति आयरल्याण्डका सभापति शुक्रराज न्यौपानेले विज्ञप्ती जारी गर्दै नवनिर्वाचित प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना दिनुभएको हो । नयाँ संविधानको कार्यान्वयन र गणतन्त्र पछि को नया नेपालको जन कल्पना अनुसार देश लाई आगडि बडाउने गहन जिम्मेवारी नेपाली कांग्रेसका पार्टी सभापति एवं नव निर्बाचित प्रधानमन्त्री शेर बहादुर देउवा काँधमा आएको उल्लेख गर्दै सभापति न्यौपानेले त्यसतर्फ बिशेस केन्द्रित हुदै आगडि बढ्न सफलता मिलोस भन्दै शुभकामना व्यक्त गर्नु भयको छ। न्यौपानेले पार्टीका सबै नेतहरुको एकता र सहकार्य एवं सरकार मा रहने तथा विपक्ष दल हरुलाई विस्वासमा लिएर कार्य गर्न सकेको खण्डमा सबै चुनौतीहरुलाई सहजै पार गर्न सकिने भन्दै यो अवसरलाई उपयोग गर्नु हुन हार्दीक अनुरोध गर्दछु ।

धन्यवाद ।जय नेपाल ॥ शुक्रराज न्यौपाने अधक्ष नेपाली जन सम्पर्क समिती आयरल्यण्ड तथा सम्पुर्ण कार्य समिती