इरानको संसद भवनमा बन्दुकधारीद्वारा आक्रमण

तेहरान । इरानको संसद भवनभित्र आक्रमण भएको छ । बन्दुकधारीले संसद भवनभित्र गोली चलाएको बताइएको छ ।

स्थानीय समाचार एजेन्सीहरुका अनुसार बुधबार बिहान संसद भवनमा बन्दुकधारी प्रवेश गरी त्यहाँ तैनाथ सुरक्षाकर्मीमाथि गोली प्रहार गरेको हो ।

बन्दुकधारी कति संख्यामा छन् भन्ने प्रष्ट भइसकेको छैन । केही संचारमाध्यमले संसद भवनमा केहीलाई बन्धक बनाइएको जनाएका छन् । तर यसबारे विस्तृत विवरण आइसकेको छैन ।

हमलामा कसको संलग्नता छ र उसको उद्देश्य के हो भन्ने पनि प्रष्ट भइसकेको छैन ।