काठमाडौ– एमाले अध्यक्ष केपी ओलीको सम्बोधनपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संसदलाई सम्बोधन गरेका छन् ।
ओलीले सम्बोधनका क्रममा कांग्रेसमाथि विभिन्न प्रश्न उठाएकोमा देउवाले ‘कताबाट जवाफ दिऔं’ भन्दै अलमलमा परेको ठट्यौली ढंगले बताए ।
उनले भरतपुर प्रकरण र प्रधानन्याधीशमाथिको महाअभियोग प्रकरणका बारेमा जवाफ दिएका थिए । उनले कुनै स्पष्ट जवाफ नदिइकनै केपी ओलीले देशको चिन्ता गरेकोमा खुशी व्यक्त गरे ।
यस्तै माघ ७ भित्र तीनै तहको चुनाव गर्ने प्रतिबद्धताबाट आफू पछि नहट्ने समेत उनले बताए ।
यस्तै देउवाले सप्तरीमा गोली चलाएको विषयमा एमाले नेताको सुरक्षा गर्न प्रहरीले गोली चलाउनु पर्ने बाध्यता आइलागेको जवाफ दिए ।
राष्ट्रियताबारे आफ्नो पार्टीको सिद्धान्त सवैलाई कण्ठ रहेको भन्दै यसवारे कसैले काग्रेसलाई पाठ सिकाउन जरुरी नभएको बताए ।
नेपालमा एक पार्टीको मात्रै नभएको भन्दै देउवादले सवैको देश रहेकाले देश र जनताको हित चाहाने कांग्रेसको आदर्श भएको बताए ।
संविधान कार्यन्वयन गर्न पनि चुनाव आवाश्यक भएको भन्दै प्रचण्डले धेरै कठिनाइका बाबजुद पहिलो चरणको चुनाव गराएकोमा बधाइ दिए ।
उनले बोलेका मुख्य बुँदा
–हामी निर्वाचन आयोगले गरेको निर्णय मान्छौ
–यसअघि पनि मतपत्र च्यात्ने कुराहरु भएको थियो त्यतातिर अहिले म जान्न चाहन्न ।
–मतपत्र च्यातेको कुरा सर्वोच्च अदालतमा छ त्यस विषयमा धेरै बोल्न चाहन्न
–प्रचण्डले राजिनामा गर्दा अोलीले चिन्ता गर्नुभयो, खुशी लाग्यो यस्तो चिन्ता पछि पनि गर्नुभएको होला
–हुलाकी राजमार्ग गिरीजा प्रसाद कोइरालाले शुरु गर्नुभएको हो त्यो पनि दुई लाइनकै
–माघ ७ गतेसम्म सबै तहको चुनाव सम्पन्न गर्न प्रतिवद्ध छौ ।
एमालेको सभालाई सुरक्षा दिने प्रहरीले गोली चलाउँदा फेरि त्यही प्रहरीलाई गाली गर्न सुहाएन । प्रहरीले सुरक्षाकै लागि गोली चलाएका हो ।
राष्ट्रियताको पाठ सिकाउने आवश्कता छैन । नेपाल हामी सबैको प्यारो देश हो । स्वभिमानी देश हो । राष्ट्रको खिलाफमा कसैसँग सम्झौता गर्न ससकदैन ।
राष्ट्रियता हाम्रो आदर्श हो, समाजवाद हाम्रो आदर्श हो ।
पहिलो चरणको चुनाव प्रधानमन्त्री प्रचण्डले धेरै अप्ठ्यारोको अवस्थामा सम्पन्न गर्नुभयो त्यसका लागि हामी हार्दिक धन्यवाद तथा बधाई दिन चाहन्छौ ।






