लन्डन– लन्डन फेसन हाउसको आयोजनामा २ जुनमा ह्यारो फुटबल क्लवमा हुने ‘मिसेस नेपाल यूके २०१७’को सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । भव्य कार्यक्रमबीच सयौंको उपस्थितिमा हुने ‘मिसेस नेपाल यूके २०१७’को ग्रान्ड फिनालेमा १७ जनाबीच ताज पहिर्याउने प्रतिस्पर्धा हुनेछ ।
ग्रान्ड फिनालेमा आस्था जोशी बाटाजु, प्रिया मोक्तान लामा, रुपा अमात्य श्रेष्ठ, अमृता गिरी गजुरेल, राफी श्रेष्ठ, शर्मिला पछाईं थापा, सोनी राजभण्डारी श्रेष्ठ, प्रिमा पन्त भट्टराई, निरु श्रेष्ठ, सीता भण्डारी त्रिपाठी, मञ्जु शाह, अञ्जु श्रेष्ठ, पुनम गुरुङ, गीता श्रेष्ठ, संगीता मगर भारती, गीता बस्नेत पाण्डे र सिर्जना पाण्डेबीच प्रतिस्पर्धा हुनेछ ।
लन्डन फेसन हाउस यूकेका प्रोप्राइटर मनीषा डंगोलले ग्रान्ड फिनालेको सबै तयारी पूरा भएको लन्डन नेपाल न्यूज डट कमसँग को टेलिफोन कुराकानी मा बताइन् ।
कार्यक्रमलाई सफल बनाउन विभिन्न विधामा अलग अलग व्यक्तिलाई संयोजनको जिम्मा दिइएको छ । शिवजी श्रेष्ठ र उमेश मोक्तान सल्लाहकार हुनुहुन्छ । इभेन्ट कोअर्डिनेटरमा गंगा साम्पाङ, केश सज्जामा शान्ति राई, मेकअपमा बिना राई, अफिसियल ज्वेलर्समा अश्मी ज्वेलर्स रहेको छ ।
कोरियोग्राफी सिम्मी पुन, साउन्ड एन्ड डिजेमा चाँद म्यूकि एन्ड वर्ल्ड, फेस शो कोअर्डिनेटरमा मिस नेपाल यूके टेनिशा राना, प्रस्तुतिमा मिस लिटिल नेपाल यूके प्रतिष्ठा त्रिपाठी, प्रिन्टिङ पार्टनरमा अनलाइन गिफ्ट टु नेपाल, स्टेड एन्ड लाइटमा ड्रिम्स क्रिएसन, अफिसियर फोटोग्राफरमा युद्ध पुन, मास्ट अफ सेरेमोनी सइन्द्र थापा र सल्लाहकार माया गुरुङ रहनुभएको छ ।
यसै बिच वीनरको टाइटलसहित मिसेस पर्सनालिटी, फोटो जेनिक, टयालेन्ट, पब्लिक च्वाइस आदि विद्यामा अवार्ड दिइने छ। विजेताका लागि सुनको गरगहना, पोशाक देखि अन्य विद्यागत अवसर समेत सृजना गरिने डंगोलले बताइन् । प्रतियोगितामा परिचय, टयालेन्ट राउण्ड र गाउन सेग्मेन्ट रहने सो कार्यक्रम यूकेमा छरिएर रहेका नेपाली दिदि बहिनि हरु लाई एकतावद्ध गर्ने संस्थाको उद्देश्य रहेको प्रष्ट पारिन् ।






