मतपत्र च्यातेकोमा नारायणकाजीको आपत्ति

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भरतपुरमा मतपत्र च्यातिएको घटनाको भर्त्सना गर्नुभएको छ ।

भरतपुरमा मतपत्र च्यातिएको घटना साह्रै दु:खद र भर्त्सनायोग्य रहेको उल्लेख गर्दै उहाँले सोमबार ट्वीट गर्दै भन्नुभएको छ, ‘यथार्थ के हो रु यो किन र को बाट भयो। भिन्न कुरा आइरहेका छन्। यसरी लोकतन्त्र चल्दैन ।’