काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका छन्। १९ हजार ६४४ मतको भारी मतान्तरले कांग्रेसका राजुराज जोशीलाई हराउँदै शाक्य विजयी भएका हुन्। उपमेयरमा हरिप्रभा खड्गीले पनि राप्रपाका राजाराम श्रेष्ठलाई २४ हजार ९८ मतको मतान्तरसहित जित हासिल गरिन्।
शाक्यले ६४ हजार ९१३ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत पाए।
उपमेयरमा खड्गीले ५८ हजार ९५२ मत पाइन्। राप्रपाका श्रेष्ठले ३४ हजार ८५४ मत पाए।
विवेकशील नेपालीकी रञ्जु दर्शना २३ हजार ४३९ मतसहित तेस्रो र साझा पार्टीका किशोर थापा १८ हजार ४९६ चौथो स्थानमा रहे। सत्तारुढ दल माओवादी केन्द्र काठमाडौंमा पाँचौं स्थानमा रह्यो।
काठमाडौंमा एमाले र राप्रपाबीच तालमेल भएको थियो। तालमेलमा मेयरमा एमाले उम्मेद्वार शाक्य विजयी भए पनि उपमेयरमा कांग्रेस विजय भयो ।






