सरकारले नै खारेज गर्‍यो नेपाली नागरिकता

Pm-officeकाठमाडौं- झूठो विवरण पेश गरी नेपाली नागरिकता लिएका तीन जनाको नागरिकता सरकारले खारेज गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले महेन्द्रकुमार मिश्र, सतिशकुमार मिश्र, अनिल कुमार मिश्रको नागरिकता खारेज गरेको हो । उनीहरुले रुपन्देहीबाट नागरिकता लिएका थिए ।

यसैगरी सरकारले दुर्जकुमार राईलाई सशस्त्र प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको छ । कायममुकायम महानिरीक्षक राईलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

सशस्त्रका तत्कालीन प्रमुख कोषराज वन्तविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएपछि सरकारले राईलाई कायममुकायम महानिरीक्षकको जिम्मेवारी दिएको थियो ।

यसैगरी सरकारले १२ सहसचिवहरुको पदस्थापन पनि गरेको छ ।