सेल्फीले लियो ज्यान !

selfie

नवलपरासी। सेल्फी खिच्ने क्रममा नवलपरासीमा दुई जनाको ज्यान गएको छ ।

नारायणी नदी किनारमा सेल्फी फोटो खिच्ने क्रममा नारायणी नदीमा खसेर दुई जना किशोरको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय गैडाकोटले दिएको जानकारी अनुसार विहीबार नारायणी नदी किनार सेल्फी खिच्दा नदीमा खसेर बेपत्ता भएका गैडाकोट-२ का १७ वर्षीय आशिष श्रेष्ठ र गैडाकोट-८ का १७ वर्षकै भुपेन्द्र केसीको शव शुक्रबार विहान फेला परेको छ ।