काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमतिको प्रयास सुरु भएको छ ।
प्रधानमन्त्रीकै आहृवानमा शुक्रबार बिहान तीन दल र संयुक्त मधेसी मोर्चा सम्मिलित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमण अघि नै सिमांकनमा सहमति बनाउने उद्देश्य अनुरुप बैठक बसेको हो ।
बैठकमा सहभागी एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री भीम रावलले प्रधानमन्त्रीको फागुन ७ गतेदेखि हुने भारत भ्रमणअघि नै सहमति प्रयास हुनेछ ।
मधेसमा भइरहेका प्रदर्शन र नाकाबन्दी रोकिएपछि ओलीले बैठक बोलाएका हुन् । बैठकमा संयन्त्रका सदस्यहरु महेश आचार्य, भीम रावल, कृष्णबहादुर महरा, लक्ष्मणलाल कर्ण, राम नरेश राय र हृदयेश त्रिपाठीलगायत सहभागी भए ।






