काठमाडौं– लिखु गाउँपालिका–१ बाट स्थानीय तह निर्वाचनमा निर्वाचित वडा सदस्य ठाकुरप्रसाद लामिछानेको मृत्यु भएको छ ।
वैशाख ३१ मा भएको निर्वाचनमार्फत नेकपा (एमाले)बाट उम्मेदवार भएर वडा नं १ को वडा सदस्यमा निर्वाचित ४५ वर्षीय लामिछानेको हृदयघातका कारण मृत्यु भएको चिकित्सकले जनाएका छन् ।
निर्वाचित पदाधिकारीहरुको विजय र्याली भइरहेको समयमा अचानक ढल्न पुगेका लामिछानेलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको जनाएको लिखु गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिनुभयो । लिखु गाउँपालिकाबाट निर्वाचित उम्मेदवारहरुको शपथ तथा प्रमाणपत्र ग्रहण कार्यक्रम भोलिका लागि आह्वान गरिएको थियो ।






