काठमाडौ– काठमाडौ महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच तीब्र प्रतिष्पर्धा देखिएको छ ।
पछिल्लो मतगणनाअनुसार एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेसलाई लिड गरेका छन् ।
काठमाडौं महानगरमा सोमबारदेखि वडा नम्बर १ कै गणना जारी रहेको छ । एमालेका विद्यासुन्दरले १०८३ मत प्राप्त गरेका छन् भने काग्रेसका राजुराजले ७४० मत प्राप्त गरेका छन् ।
कांग्रेस र एमालेका उम्मेदवार अघिपछि हुँदै अघि बढेपछि नतिजा निकै रोमाञ्चक देखिएको छ ।
साझा पार्टीका किशोर थापाले ३८५ र विवेकशील पार्टीकी रन्जु दर्शनाले ५०१ मत ल्याएका छन् ।






